ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाको पुरानो बैंक लाईनमा आगलागी हदाँ ८ घरमा रहेको ११ पसल जलेर नष्ठ भएको छ । शुक्रबार करिब साढे १० बजे राति भण्डारी खाजा घरबाट आगलागी सुरुभएको थियो ।
आगलागीबाट कति क्षति भयो आज बिहान देखि लागत संकलन गरिने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की,विनिता चिया पसल,सरस्वती पुस्तक पसल,कार्की पसल,भण्डारी खाजा घर,भट्टराई चिया पसल,सुदिर सिक्देलको इलोक्टोनिक पसल,मनिट्रान्फर लगायतको घर तथा पसल जलेर नष्ट भएकाछन् ।
आगलागीको कारण खुलेको छ्रैन । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली सहित स्थानीय संयुक्त रुपमा पाँच घण्टा पछि नियन्त्रमा लिएको थियो ।