कालिकोट ।
जिल्लाको खाडाचक्र नगरपालिका ८ का जनप्रतिनिधिले लकडाउनको उलंघन गरी मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय नागरिकले विरोध गरेका छन् । लकडाउनमा शनिबार खाडाचक्र नगरपालिका ८ का वडाध्यक्ष आदिचन्द्र चौलागाई,झलकु र वडासदस्य विष्णु चौलागाईलाई मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा स्थानीयले फेला पारे । वडाका जनप्रतिनिधिले लकडाउनको उलंघन गरी गाउँबाट स्थानीय सेरावाडा बजारमा आएर मदिरा सेवन गरी होहल्ला रहेको अवस्थामा फेला पारेपछि सोही वडाका युवाले फोटो खिचि सामाजिक संजालमा सार्वजनिक गरेपछि उक्त कुरा बाहिर आएको हो। स्थानीय युवाले फोटो खेचेको थाहा पाएपछि वडाध्यक्ष आदिचन्द्र चौलागाई र वडासदस्य विष्णु चौलागाईले गालिगलौज गरेपछि स्थानीय र जनप्रतिनिधिबीच धकलधाकल भएको प्रकाश मल्लले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को संक्रमण फैलिन नदिका लागि अन्य वडाले सचेतनाका कार्यक्रम गरेपनि वडा नम्बर ८ का जनप्रतिनिधि भने लकडाउनका समयमा मदिरामा मस्त हुँदै आएको स्थानीयले आरोप लगाएका छन्।
शनिबार पनि वडामा रहेको क्वारेन्टाइनको अनुगमन गर्ने भनि आएका जनप्रतिनिधि मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा प्रकाश मल्लले फेला पारेपछि फोटो खिचेका थिए । प्रकाशले खिचेर फोटो डिलिट गर्न नमानेपछि जनप्रतिनिधिले उनीहरुलाई गालिगलौज गरेको मल्लले बताए । उनले भने, उनीहरु मसँग झगडा गर्न आए । उनले भने, सबैतिर लकडाउन छ तर जनप्रतिनिधि मदिरा मोजमा भेटिए ।
अहिले विश्वव्यापरी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि अन्य स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस्ता वडाध्यक्षबाट गाउँको समृद्धिको कल्पना कसरी गर्नु । फोटोमा प्रष्ट रुपमा वडाध्यक्ष र वडासदस्यसहित अन्य २ जनाले रक्सी पिइरहेको स्पष्ट देखिएको छ । यस विषयमा वडाध्यक्षलाई बुझ्न खोज्दा उनको मोबाइल अफ गरिएको छ।अन्नपूर्ण पोष्ट