अजय अनुरागी
२ नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकारमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका ज्वाइँ अनिलकुमार महासेठलाई नियुक्त गरिएको छ ।
विगत ५ महिनादेखि सल्लाहकार पद रिक्त रहेका बेला सभामुख यादवले महासेठलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले महासेठको नियुक्ति भएको पुष्टि गरे । २०७६ माघमा उनको नियुक्ति भएको यादवले बताए । महासेठले मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
महासेठ सिरहा जिल्लाका वासिन्दा हुन् । उनले महतोकी छोरी अन्जु महतोसँग बिहे गरेका छन् । महतोका छोरा राघबेन्द्र महतोले राजनीतिमा त्यति चासो देखाएका छैनन् ।