भिम भुसाल
दलदले । पूर्बि नवलपरासी नवलपुरको देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोत्ता समितिमा सचिब बिरेन्द्रराज काफ्लेले अध्यक्ष सहित ३ जनालाई लगाएको भष्ट्रचारको आरोपमा समितिले कमिकमजोरी भएको स्वीकार गरेको छ ।
सचिव काफ्लेले बिगतको बर्षको पारदर्शी नदेखिएको ३० हजार रुपैया अध्यक्ष सहित समितिले बाह्य लेखामा समाबेश गर्ने गरि सहमती भएको हो । शुक्रवार आरोप लगाउने सचिब र आरोपित अध्यक्ष सहित दुबै पक्षबिच भएको सहमति अनुसार सो रकम संस्थामा उपलब्ध गराउने सहमती भएको हो । निरन्तर रुपमा पावर संदेश र नमुना संदेश सहित बिभिन्न संचार माध्यमहरुले देवचुली खानेपानी तथा सरसफाई उपभोत्ता समितिमा भष्ट्रचारको आरोप भनि समाचार प्रकाशित भए पछी अध्यक्ष कृष्ण बहादुर क्षेत्री सहित खानेपानी समितिले सो रकम पारदर्शि रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।
आन्तरीक लेखा समितिले हिसाव गर्दा भुल भएको तर ३० हजार रुपैया रकम संस्थामा नै रहेको सो रकम पारदर्शि नभएको प्रति माफि माग्दै आगामि दिनमा आर्थिक विषयलाई पारदर्शि बनाउने अध्यक्ष कृष्ण बहादुर क्षेत्री सहितको देवचुली खानेपानी तथा सरसफाई समितिले प्रतिबद्धता गरेका छन् । असार २९ गते देखि बिभिन्न संचारमाध्यमहरुमा यस विषयमा समाचार प्रसारण भै–रहेका छन् ।